मङ्लबार, फाल्गुन ८, २०८०

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी लगियो


कान्तिपथ


काठमाडौं- बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ। 

बिहीबार पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो। अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत