सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।
सभापति लामिछानेले पार्टी पदाधिकारी र सांसदहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको यसको शुरुआत सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले बताउनुभयो ।
रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक– काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुने छ । सभापति लामिछानेले मेलम्ची बजारमा कोणसभा गरि अभियानको बारेमा जानकारी दिदैं शुरुआत भएको घोषणा गर्ने र त्यसपछि बिहान ९ः३० बजेबाट मेलम्चीस्थित खानेपानी कार्यालय , पिपलबोटबाट पदयात्रा शुरु गरि हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको छ । पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाहरूको सुझाव तथा गुनासा समेत लिइने बताइएको छ ।
दबाब यात्रामा सांसद सहित २१ जनाले अगुवाइ गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।
रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको सांसद सोविता गौतमले बताउनुभयो ।
Share
Tweet
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ