मङ्लबार, फाल्गुन ८, २०८०

देउवाका छोराको बिहेभोजमा फूलमाला, खादा र उपहार लैजान नपाइने


कान्तिपथ


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठबीच माघ २१ गते विवाह हुँदैछ । देउवाको परिवार विवाहको अहिले तयारीमा जुटेको छ । निम्तो पत्र बाँड्ने कार्य पनि चलिरहेको छ ।

फागुन २ गते आर्मी अफिसर्स क्लबमा प्रीतिभोजको आयोजना गरिएको छ । भोजमा फूल, माला, खादा तथा उपहार नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । निम्तोपत्रमै उक्त कुरा उल्लेख छ ।

२८ वर्षीय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।

यी दुवै लामो समयदेखि प्रेम सम्बन्धमा छन् । जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युब च्यानल ‘एसएस’मा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २८ हजार छ । उनले युट्युबमा बिली एलिस, अल्बाट्रस, एड् सिरन, रिहाना, साम स्मिथ, ड्रेक, एलिसिया किज लगायतका गायक र ब्याण्डका चर्चित गीतको कभर गीत पोस्ट गरेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत