मङ्लबार, फाल्गुन ८, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएका ४३ जनामध्ये १४ जना सर्टलिष्टमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएका ४३ जनामध्ये १४ जना सर्टलिष्टमा


कान्तिपथ


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएका ४३ जनामध्ये १४ जना सर्टलिष्टमा परेका छन्। सर्टलिस्टमा पर्नेहरूमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन्।

छनोट भएका १४ जनाले शिक्षा मन्त्रालयमा माघ २९, फागुन १ र २ गते सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नेछन्। त्यसपछि अब्बल ठहर हुनेलाई समितिले उपकुलपति नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ।उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो। पुस २० गते उपकुलपति माग गर्दै पहिलो पटक विज्ञापन गरिएको थियो।

उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रो पटक विज्ञापन गरिएको थियो।सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वको उपकुलपति सिफारिस समितिले १४ जनाको नाम छनोट गरेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत