शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • फोहोर टिप्ने नाममा घरभित्र पसेर झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ

फोहोर टिप्ने नाममा घरभित्र पसेर झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ


कान्तिपथ


फागुन, काठमाडौं । काठमाडौंमा फोहोर टिप्ने नाममा घरभित्र पसेर चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

यो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक लक्का भन्ने विकास पोद्दार, जितेन्द्र पोद्दार, भाइलाल पोद्दार, सञ्जय पोद्दार र मञ्जुदेवी पोद्दार रहेका छन् ।

उनीहरुले माघ २८ गते गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित दिलमाया आलेमगरको घरबाट नगद र गरगहना गरी ६५ लाख रुपैयाँको धनमाल चोरेको प्रहरीको भनाइ छ ।

त्यस्तै काठमाडौं महानगरपालिका १० बानेश्वरमा दिनेश घिमिरेको घरबाट २५ लाख र गोकर्णेश्वर नगरपालिका ३ मा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँको धनमाल लुटेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत