बुधबार, बैशाख ५, २०८१

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस


कान्तिपथ


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेका 14 जना को अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो । उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको सिफारिस समितिकी सदस्य चन्द्रकला घिमिरेले जानकारी दिइन् । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । त्यसपछि आज अन्तर्वार्ता लिइएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत