बुधबार, बैशाख ५, २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठक हुँदै


कान्तिपथ


काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज हुँदैछ ।  पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।

उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत