आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • अफगानिस्तानका पुरातात्त्विक बौद्ध स्थलहरुमा बुल्डोजर प्रयोग गरी लुट्ने अनुमति !

अफगानिस्तानका पुरातात्त्विक बौद्ध स्थलहरुमा बुल्डोजर प्रयोग गरी लुट्ने अनुमति !


कान्तिपथ


काठमाडौं- अफगानिस्तानमा कयौं पुरातात्त्विक स्थलहरु लुटपाट गर्नकै लागि बुल्डोजर लगाएर भत्काइएको छ । शिकागो विश्वविद्यालयका अन्वेषकहरुले दर्जनौं पुरात्विक स्थलहरुमा व्यवस्थित रुपमा लुट्ने अनुमति दिइएको बताएका छन् ।

स्याटेलाइट फोटोहरूको विश्लेषणबाट प्राप्त प्रमाणका आधारमा अन्वेषणकहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । पहिलो निश्चित फोटोग्राफिक प्रमाणका आधारमा अघिल्लो सरकार अन्तर्गत सुरु भएको लुटपाटको ढाँचा सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि पनि निरन्तर चलिरहेको बताइएको छ ।

इसापूर्व १००० भन्दा पहिलेको कास्य युगको उत्तरार्ध र फलाम युगका पुरातन बस्तीहरू क्षतिग्रस्त भएकाहरू पुरातात्विक बस्ती मध्ये एक हुन् । यसरी क्षतिग्रस्त बनाएको पहिचान गरिएका धेरैजसो क्षेत्रहरु उत्तरी अफगानिस्तानको बाल्ख क्षेत्रमा छन् । ती दुई सहस्राब्दीभन्दा पुराना हुन् ।

शिकागो विश्वविद्यालयको सांस्कृतिक सम्पदा संरक्षण केन्द्रका अन्वेषकहरूले अफगानिस्तानमा २९ हजारभन्दा बढी पुरातात्विक क्षेत्रहरु पहिचान गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत