शनिबार, माघ २६, २०८१

थाइल्यान्ड घुम्न गएका ६ विदेशी ठहरै


Jebin Rimal


थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मंगलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ ।

‘सङ्घर्षको कुनै सङ्केत थिएन,’ प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भने, ‘उनीहरूले केही खाएका थिए कि भन्नेबारे हामीले शव परीक्षण गर्न आवश्यक छ ।’

उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई उनले खारेज गरे । प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए । तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो ।

सफाई कर्मचारी पाँचौँ तलामा कोठा बनाउन आइपुग्दा शव प्राप्त भएको र प्रहरीले साँझ साढे चार बजे सूचना पाएको थियो । केही समयपछि प्रधानमन्त्री श्रेथा घटनास्थलमा पुगेका थिए ।

बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले अतिथिहरू दिउँसो होटलबाट चेकआउट गर्न असफल भएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत