शुक्रबार, असार ६, २०८२

यी ८ जिल्लामा आज बाढी आउने, सतर्क उच्च सतर्कता अपनाउन आग्रह


कान्तिपथ


काठमाडौं । देशका विभिन्न ८ जिल्लामा आज बाढी आउने सम्भावना रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।

सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूमा वहाब बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएकाे हाे।

त्यस्तै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

त्यसैगरी दूधकोशी रूवाबजारमा, तामोशी बस्तीमा, सुनकोशी हम्पचुवारमा, कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती दिपायलमा र महाकाली नदी पारिगाउँमा बाढी उल्लेख्य बढ्ने सम्भावना रहेको र बाढीको जोखिम रहेका स्थान र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत