शनिबार, चैत्र ९, २०८१

एक किलो एक सय ग्राम कोकिनसहित दुई जना पक्राउ


कान्तिपथ


काठमाडौं । काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिनसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA र भारतीय नागरिक २४ वर्षीय FAHIMUDDIN NASIMUDDIN ANSARI रहेका छन् ।

काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछको क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका-२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिकलाई दिएको भनी खुल्न आएपछि उनको कोठा तलासी गर्दा ६२ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको हो ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप गरी यस प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत