शनिबार, चैत्र ९, २०८१

मन्त्री सिंहले आफ्नो हैसियत भुलेको हाे त..?


कान्तिपथ


काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको भन्दै उनले फेसबुक मार्फत तस्वीरहरू भाइरल गरेका छन् ।

सिंहदरबारमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको मन्त्री सिंहले उल्लेख गरे ।

प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्याल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग भेटघाट तथा छलफल गरेको तस्बिर समेत मन्त्री सिंहले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

गृह मातहका नेपाल प्रहरी र सशस्त्र प्रहरी र प्रधानमन्त्री मातहतको राअविका प्रमुखलाई आफ्नो जिम्मेवारी भुलेर ब्रिफिङ लिएको भन्दै मन्त्री सिंहको आलोचना समेत भएको छ । मन्त्री सिंहले भेटपछि उल्लेख गरेको ‘देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी’ लिनु गम्भीर त्रुटी रहेको नेपाल प्रहरीका पूर्वएआईजीहरूको बुझाइ छ ।

उच्च स्रोतका अनुसार मन्त्री सिंहलाई बधाई दिन तीन वटै सुरक्षा निकायका प्रमुखहरूले समय मागेका थिए ।

सोही क्रममा सामान्य कुराकानी भएर सुरक्षा निकायका प्रमुखहरू फर्केका थिए । त्यसपछि सिंहको फेसबुकबाट देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिइयो भनेर तस्वीर सार्वजनिक भएको हाे । मन्त्री सिंहका सचिवालयका एक अधिकारी भन्छन्, ‘मन्त्रीज्यूले बोलाएर मलाई ब्रिफिङ गर्नुस् भन्नु भएको पनि होइन ।

एक पूर्वआईजी शिष्टाचार निर्वाहका लागि यस्ता भेट हुने बताउँछन् । तर उपप्रधानमन्त्री कै हैसियतामा सुरक्षाबारे ब्रिफिङ भन्ने चाहिँ नहुने उनले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत