शनिबार, साउन ३, २०८२

प्रेमको नाटक गरेर सुन तस्करी


कान्तिपथ


काठमाडाैं । पाकिस्तानी एक युवतीले नेपालको विमानस्थलबाट सुनको ओसार–पोसार गरेको आरोप लागेको छ।

एलिजा जामेली नामगरेकी ति युवती अहिले सामाजिक संजालमा चर्चित छन् ।

केही वर्ष पहिले टिकटकको माध्यमबाटै उनको भेट नेपाली केटाे आयुष सिंह ठकुरीसँग भयाे।

सामाजिक सञ्जालबाट जोडिए दुई जनाबीच माया प्रेम बस्यो ।

त्यसपछि एलिजा नेपाल आएर आयुषलाई भेट्न थालिन् । आयुष पनि एलिजालाई भेट्न दुबई जाने गर्थे ।

यतिबेला यो जोडी सुन तस्करी गरेको भन्दै विवादमा तानिएका छन् ।

गतसाता एलिजा-आयुषलाई भेट्न दुबईबाट नेपाल आइन् । आउँदा १० तोलाभन्दा बढी सुन पनि ल्याइन् ।

नेपालको कानुन अनुसार कसैले पनि विदेशबाट नेपाल आउँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामभन्दा बढी सुन ल्याउन पाईंदैन । तर एलिजाले ६ वटा सुनको बाला, एउटा ठूलो सिक्री र केही साना सिक्री गरी १० तोलाभन्दा बढी सुन भन्सार नतिरी ल्याइन् ।

एलिजाले सुन भित्र्याउन सफल भएकोमा आयुषका परिवारले खुशी मनाउँदै छन् ।

एलिजाले भन्छिन, ‘सुरुमा मलाई डर लागेको थियो, कसैले थाहा पाएन ।’

अहिले यसबारे एलिजा र आयुषका शुभचिन्तहरुले नै प्रेमको नाममा सुन तस्करी गरेको भन्दै चर्को आलोचना गरिरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत