बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • ओलीमाथि नेपालको कटाक्ष : आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो

ओलीमाथि नेपालको कटाक्ष : आफू स्वर्गतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो


कान्तिपथ


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विश्वासघाती राजनीति गरेको भन्दै कटाक्ष गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरेका हुन् ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भने, ५ वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो । तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्‍यायो ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत