काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ ।
तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको अनुसन्धान निष्कर्ष छ ।
२०८१ असार ३० मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’
अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताएका छन् ।
कञ्चनपुर घर भएका तर, विदेशमा बस्ने दुई जनालाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ