काठमाडौँ । ललितपुर महानगरपालिका–७ ग्वार्को स्थित गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु भएको छ ।
सनलाइट गेस्ट हाउसमा अचेत भएपछि बि एण्ड बि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकाे हाे ।
ती युवती डुकुछाप घर भएर सातदोबाटो बस्ने २६ वर्षीय सन्दीप विकसँग गएराति गेस्ट हाउसमा आएकी थिइन् ।
बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बि एण्ड बी अस्पतालमा लगेका थिए ।
प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको छ ।
प्रहरीको निगरानीमा उनको पनि बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ