बिहिबार, जेष्ठ २९, २०८२

मजदुरले भेट्टाए ८० लाखको हिरा


कान्तिपथ


काठमाडाैं । भारतको मध्य प्रदेशका एक मजदुरले लिजमा लिएको खानी खन्दा ठूलो हिरा फेला पारेका छन् ।

सरकारी लिलामीमा १९.२२ क्यारेटको उक्त हिरालाई करिब ८० लाख भारुमा बेचिएको छ । मजदुर राजु गौडले पन्ना जिल्लामा आफूले त्यो खानी गएको १० वर्षदेखि लिजमा लिएको जनाएका छन् ।

नेसनल मिनरल डेभलपमेन्ट कर्पोरेसन (एनएमडीसी)ले व्यक्ति, परिवार वा सहकारी समूहलाई खानी लिजमा दिने गर्दै आएको छ ।

उनीहरू स्थानीयस्तरमा पाइने औजारको प्रयोग गरी खानी खन्ने गर्छन् ।

खन्दा जे भेटिन्छ, त्यो स्थानीय डायमण्ड कार्यालयमा बुझाउनुपर्ने र त्यसले हिराको मूल्यांकन गर्ने व्यवस्था छ ।

मध्य प्रदेश सरकारका अधिकारी अनुपम सिंहले तोकिएको समयका निम्ति खानी २०० देखि २५० भारुसम्ममा लिजमा दिने गरिएको जनाएका छन् ।

सन् २०१८ मा बुँदेलखण्डका एक मजदुरले पन्ना जिल्लामा नै १.५ करोडको हिरा भेट्टाएका थिए ।

राजुले फेला पारेको हिराको सरकारी कर कट्टा गरेर बाँकी रहने रकम उनले पाउनेछन् । राजुले हिरा बेचेको पैसाले राम्रो घर बनाउने र सन्तानलाई शिक्षा दिन खर्च गर्ने बताएका छन् । सबैभन्दा पहिला आफूले लिएको पाँच लाख भारु ऋण तिर्ने उनले जनाएका छन् । बीबीसी हिन्दीबाट ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत