सोमवार, माघ २८, २०८१

घट्टेखोला किनारको सडक बाढीले बगाउन थाल्यो


कान्तिपथ


काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णबाट वडा नं २ को पाखाथोक जाने घट्टेखोला किनारको सडक बाढीले बगाउन थालेको छ ।

३ वर्षअघि उपभोक्ता समितिले खोलाको किनारमा पर्खाल लगाएर निर्माण गरेको सडक बिहीबार राति वर्षासँगै आएको बाढीले भत्काएको हो ।

सडक खोलाले भत्काउन थालेपछि यहाँबाट यात्रा जोखिमपूर्ण बन्दै गएको स्थानीय विजय कर्माचार्यले बताए ।

धेरै विद्यालयका सवारीसाधन आवागमन हुने यो खण्ड बन्द भए विद्यार्थीलाई अप्ठ्यारो हुने उनको भनाइ छ ।

गोकर्णेश्वर–३ का प्राविधिकसमेत रहनुभएका कर्माचार्यले पर्खाल बनाउन प्रयोग गरिएका ढुङ्गा बगाउन नपाओस् भनेर रोकथामका लागि पहल थालिएको बताए ।

सडक जोखिममा परेपछि आज बिहान नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले स्थलगत निरीक्षण गर्नुभएको छ ।

धेरै स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिए । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत