सोमवार, माघ २८, २०८१

अवैध लागूऔषधसहित ४ जना पक्राउ


कान्तिपथ


काठमाडाैं । बैतडीकाे पाटन नगरपालिका-३ बनारसी धामबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ सय १२ ग्राम सहित सोही नगरपालिका बुङडा बस्ने ६० वर्षीय गोपाल सिंह बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुरकाे चौदण्डीगढी नगरपालिका-४ बसाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र क्यालिवान ६ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने २४ वर्षीय केवस तामाङ र २३ वर्षीया सुस्मा राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले फत्तेपुरबाट बेल्टारतर्फ जाँदै गरेको को.२७ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकाे बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७४ मिलिग्राम सहित भारत बिहार पुर्णीया मट्‍ठा-२७ बस्ने २५ वर्षीय गौरव जैनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत