काठमाडाैं । तातोपानी नाकाबाट धमाधम रक्सी तस्करी भइरहेको खबर बाहिरिएको छ ।
प्रहरीकै संलग्नता रातकाे समयमा रक्सी तस्करी हुने खबर बाहिरिएको हाे।
प्रायः रातीकाे समयमा चिनियाँ भू–भागबाट भोटेकोशी नदी तारेर नेपालपट्टि रक्सी तारिन्छ ।
रात परेपछि तस्करहरू सक्रिय हुन्छन् । सीमाबाट रक्सी बोकेर राति बाह्रबिसेतर्फ आउँदै गरेको बा.२०च ६२०९ नम्बरको बोलेरो डाक्लाङमा पल्टिएपछि रक्सी तस्करी भइरहेको तथ्य खुलेको हो । बोलेरोमा ५ कार्टुन चिनियाँ रक्सी थियाे ।
जनपथ प्रहरीको तातोपानी क्षेत्र हेर्ने प्रमुखले तस्करसँग मिलेर रक्सी तस्कर गरेको स्थानीयको आरोप छ।
चिनियाँ रक्सी अत्यन्तै कडा हुन्छ।
टाइगर नामको रक्सीले मान्छेको ज्यानै लिन सक्छ। सरकारले अर्काे मुलुकबाट स्वदेशभित्र जुनसुकै रक्सी ल्याउन पनि प्रतिवन्ध लगाएको छ । तर, तातोपानी नाकामा प्रहरीकै मिलेमतोमा रक्सी ल्याइन्छ । रात परेपछि तस्करहरू सक्रिय हुन्छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ