बुधबार, माघ ३०, २०८१

बालिकामाथि सामूहिक बलात्कार, ३ जनाविरुद्ध मुद्दा दर्ता


कान्तिपथ


काठमाडाैं । रौतहटको गुजरा नगरपालिकामा एक दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ।

केही जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेका कारण घटनाको २२ दिन पछि मात्र प्रहरीकोमा मुद्दा दर्ता भएको हाे ।

गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपी विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो ।

आरोपीहरू गुजरा ४ कनकपुर गाउँका वर्ष २० का शेख ईञ्जमाम, वर्ष २१ का शेख मुस्ताक र वर्ष २५ को दीपेन्द्र कुमार दासविरुद्ध जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।

घटना विवरण अनुसार आरोपी मध्ये एकजनाले गुजरा ४ कनकपुर गाउँकी १७ वर्षीय एक दलित बालिकालाई विभिन्न प्रलोभन दिई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँबिचको चौरमा लागेका थिए।

पहिल्यै देखि त्यहाँ लुकिबसेका अन्य २ आरोपीसहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाइल फोनबाट भिडियो समेत बनाएका थिए।

घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानीय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन।

आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत