काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीलाई सरुवा गरेर सरकारले नयाँ सत्तागठबन्धन बन्नुको औचित्य पुष्टि गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै ढकालले यस्तो आरोप लगाएका हुन् ।
रास्वपासहितको अघिल्लो सरकारले सुशासनको पक्षमा गरिरहेका काम र भ्रष्टाचारविरुद्धका अनुसन्धान रोकेर ठूला नेता जोगाउन कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको दाबी उनले गरे ।
‘यो गठबन्धन कुन उद्देश्यले बनेको भनेर हामी भनेका थियौँ, त्यो अब पुष्टि भयो,’ उनले भने, ‘सरकारले सदनबाट विश्वास पाएको केही दिनमै अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीको सरुवा गरिनु त्यसैको कारण हो।’
अनुसन्धान गर्नुपर्नेलाई मन्त्री बनाइएको, प्रदेश सरकारमा ‘गुन्डानाइके’हरू, अपहरण, फिरौती, ज्यान मार्ने र हातहतियारसम्बन्धी अपराधमा मुछिएकालाई मन्त्री पद दिइएको भन्दै ढकालले दुई ठूला दलको कडा आलोचना गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ