काठमाडाैं । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा २ नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ ।
उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ ।
उनीहरू आज बिहान घाइते अवस्थामा फेला परेका हुन् ।
स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।
घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ ।
आक्रमणकारीको पहिचान हुन नसकेको र अधिकारीहरूले प्रमाण खोजिरहेका जनाइएको छ ।
घाइतेमाथि काँधमा छुरा प्रहार गरिएको पाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ