काठमाडाैं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।
सोमबार बिहान ११:३० बजे बस्ने तय भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने गरी सारिएको हो ।
आजको बैठकले प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । यसअघि शुक्रबारको समिति बैठकमा उनको सुनुवाइ भएको थियो ।
प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् ।
यौन शोषणजस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ