काठमाडाैं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटी बुझाएर उनी आइतबार नै रिहा भएका छन् ।
अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तःशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरूवा गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ