आइतवार, फाल्गुन ४, २०८१

सैनिकको शवबाट अंग निकालेर बेचेको आरोप


कान्तिपथ


काठमाडौं । रुस र युक्रेनबीच लामो समयदेखि युद्ध चलिरहेको छ ।

यसैबीच युक्रेनी युद्धबन्दीकी श्रीमतीले पुटिनको सेनामाथि निकै गम्भीर आरोप लगाएकी छन् ।

युक्रेनी युद्धबन्दीकी श्रीमती लारिसा सालिभाले रुसले मृत सैनिकका अंग चोरेर बेचेको आरोप लगाएकी छन् । फ्रिडम टु डिफेन्डर्स अफ मारियुपोल समूहकी प्रमुख लारिसाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले शव फिर्ता गरेका युक्रेनी सैनिकका धेरै अंगहरू हराइरहेको दाबी गरेकी छन्। तर, स्रोतका अनुसार रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै यसलाई षड्यन्त्र भनेको छ ।

टर्कीमा भएको बैठकमा लारिसाले यस्तो दाबी गरेकी हुन् । भेटमा टर्कीका लागि युक्रेनी राजदूत भासिल बोडनार पनि उपस्थित थिए । युक्रेन टुडेको रिपोर्टका अनुसार उक्त बैठकमा लारिसाले आफूहरूले फेला पारेका युक्रेनी सैनिकको शवलाई मार्नुअघि नराम्ररी यातना दिएको मात्र नभएर उनीहरुका धेरै अंगहरु पनि हराएको दाबी गरेकी छन् ।

रुसको हिरासतमा १० हजार भन्दा बढी युक्रेनी सैनिक छन्। अंग प्रत्यारोपणको कालो बजारमा रुस जोडिएको सलिभाको विश्वास छ । उनले रुसमा अंग प्रत्यारोपणको कालोबजारी चलिरहेको र दुर्भाग्यवश युक्रेनी युद्धबन्दीसँग यस्तो भइरहेको बताइन् । यो अपराध रोक्न सारा विश्व एकजुट हुनुपर्ने उनको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत