मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • कानूनकै धज्जी उडाउने प्रस्तावित निर्वाचन आयुक्तले अस्वीकृत हुने त्रासले नाम फिर्ता लिए

कानूनकै धज्जी उडाउने प्रस्तावित निर्वाचन आयुक्तले अस्वीकृत हुने त्रासले नाम फिर्ता लिए


कान्तिपथ


काठमाडौं । कानूनी राज्यमा कानूनकै धज्जी उडाएर पैसा र पावरको आडमा खुलेआम अपराध गर्दै हिँड्ने तथा यौन हिंसाको आरोप लागेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफ्नो नियुक्ति अस्वीकृत हुने त्रासले आफैंले नाम फिर्ता लिएका छन् ।

‘अयोग्य’ ठहरिएर प्रस्तावित पद गुमाउनु भन्दा आफैं नाम फिर्ता लिएर स्वेच्छाले पद छाडेको देखाउँदै ‘चोखिने’ प्रयासस्वरुप उनले आफ्नो नाम फिर्ता लिएको बताइएको छ ।

संसदीइ सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । समितिका सांसदहरु आफ्नो विपक्षमा भएको सुइँको पाएपछि प्रधानले समितिका सदस्यहरुलाई आफ्नो नाम अस्वीकृत गरेर ‘अयोग्य’को ट्याग नलगाइदिन आग्रह गरेका थिए । उनले आफैं नाम फिर्ता लिने बताएका थिए ।

प्रधानले नाम फिर्ता लिने भनेपछि संसदीय सुनुवाइ समितिको बैठक बेलुका ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । समितिको पछि सारिएको बैठक सुरु हुनुभन्दा अगावै प्रधानले आफैंले नाम फिर्ता लिएको पत्र समितिमा पठाएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत