मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्वमन्त्री झपटबहादुरले ठगे धनबहादुरलाई, काठमाडौँ जिल्ला अदालतमा मुद्दा

पूर्वमन्त्री झपटबहादुरले ठगे धनबहादुरलाई, काठमाडौँ जिल्ला अदालतमा मुद्दा


कान्तिपथ


काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउदले बझाङको बुंगल नगरपालिका–१ का धन बहादुर बोहोरालाई ठगेको आरोप लागेको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला साउदले विभिन्न योजना हालिदिने, ठेक्का पट्टा मिलाइदिने आश्वासन दिँदै १ करोड ५० लाख असुलेको आरोप बोहोराले लगाएका छन् ।

यी दुई बिचको आर्थिक लेनदेनको विवाद बढ्दै अहिले अदालतसम्म पुगेको छ ।

तर, उनले उक्त रकम दिएपछि कुनै काम नमिलाइदिएको बरु उल्टै प्रहरी लगाएर हैरानी दिएको बोहोराको भनाइ छ । साउदले असारको दोस्रो हप्ता आफूलाई काठमाडौँ बोलाएर प्रहरी वृत्त नयाँ बानेश्वरमा थुनाएको समेत दाबी गरे ।

२०८१ असार ११ गते प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दिएर उनले आफूलाई पक्राउ गराएको बोहोराको भनाइ छ ।

अहिले अदालतको शरणमा पुगेका हुन् बोहोरा । असार १७ गते उनले काठमाडौँ जिल्ला अदालतमा साउदविरुद्ध मुद्दा दायर गरेका हुन् ।

अदालतमा दायर भएको अभियोगमा पत्रमा ठगी तथा अपराधिक बल प्रयोग गरेको र व्यक्तिगत सम्पत्ति हत्याएकाले न्याय दिन माग गरिएको छ ।

ठगीको आरोप लागेका साउदको स्थायी ठेगाना अछाम जिल्लाको तत्कालीन रामारोशन गाविसको भटाकाटीया–६, पुदु हो । हाल उक्त वडा रामारोशन गाउँपालिका– ६ मा पर्छ । उनी अहिले काठमाडौँ आएका बेला भक्तपुर लोकन्थलीमा बस्छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत