बिहिबार, चैत्र ६, २०८१

श्रीमतीको ह*त्या आरोपमा श्रीमान पक्राउ


कान्तिपथ


काठमाडाैं । राजपुर गाउँपालिका–१ रसरीका ३८ वर्षीय गणेश घर्ती श्रीमती हत्या अभियोगमा पक्राउ परेका छन् ।

गणेशले सोमबार बिहान ३७ वर्षीया श्रीमती बसन्ती घर्तीलाई घरमै टाउकोमा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएस्पी रामप्रसाद तिमिल्सिनाले बताए ।

घर्तीलाई घरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी धनुषाधाम नगरपालिका-२ मङ्गलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीया सुरजी मुखिया र उनको छोरा २१ वर्षीय नागेश्वर कुमार मुखियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले पुरानो रिसईवीको कारण भोगेन्द्र र उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुरलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा भोगेन्द्रको मृत्यु भएको हो ।

साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत