आइतवार, फाल्गुन ४, २०८१

आज कहाँ छ बाढीको सम्भावना ?


कान्तिपथ


काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, बाग्मती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

महाशाखाका अनुसार मंगलबार दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ।

साथै उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत