बुधबार, माघ ३०, २०८१

अनलाइनमार्फत ठग्ने पक्राउ


कान्तिपथ


काठमाडौं । सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सिराहा लहान नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

अहमदले पीडितहरूलाई डलर, कम्प्युटर, ल्यापटप, आईफोन सहितको लगेज, विदेशमा रहेको व्यक्तिको कोभिडले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत