मङ्लबार, असार ३, २०८२

अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाइँदै


कान्तिपथ


काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि धुमधामका साथ मनाइँदैछ ।

‘बालबालिकालाई मानव बेचबिखनविरुद्ध हुने लडाईंको चपेटामा नपारौं’ भन्ने नाराका साथ सोही दिवस मनाइएको हो ।

मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उदेश्यले वर्षेनी यो दिवस मनाउने गरिएको छ ।

विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, द्रुव्यवहारमा परेका व्यक्ति एवम् सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका तथ्यांकले देखाएको छ ।

नेपाली कानुनमा मानव बेचबिखन विरुद्धको व्यवस्था

मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ ।

यस अघि अपहरण र जबरजस्तीका घटनामा संलग्न अभियुक्तलाई सुरक्षा निकायले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने गरेकाले उनीहरू सामान्य जरिवानामा छुट्ने गरेका थिए । नयाँ ऐनको कार्यान्वयन प्रभावकारी भएको खण्डमा मानव बेचबिखन र अपहरण लगायतका कार्य धेरै हदसम्म निरुत्साहित पार्नेछ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को प्रभावकारी कार्यान्वयनको लागि सरकारको साथै सरोकारवालाहरू क्रियाशील हुनु पर्ने देखिन्छ ।

सन् २०२४ मा चाँही “Leave No Child Behind in the Fight Against Human Trafficking” अर्थात् मानव वेचविखन विरुद्धको यूद्धमा कसैलाई नछुटाइकन अगाडि बढौं भन्नै नाराका साथ यस दिवस मनाइदै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत