काठमाडौँ । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्।
राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएका छन्। हिट्स तीनमा रहेका उनले ५१.९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन्।
यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेण्डरको नाममा ५२.१७ सेकेण्डको कीर्तिमान रहेको थियो।
७९ खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे।
जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ