काठमाडौं । इजिप्टियन फेन्सर नाडा हाफिजले आफूले ७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन् । २६ वर्षी हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन् । तर अन्तिम १६ मा पराजित भइन् । उनले इन्स्टाग्रममा एक पोष्ट गर्दै आफू ७ महिनाको गर्भवती रहेको उल्लेख गरेकी हुन् ।
‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए । म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा’, उनले लेखेकी छन्, ‘मेरो बच्चा र मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौतीहरु थिए । गर्भावस्थाको रोलरकोस्टर आफैंमा कठिन छ, तर जीवन र खेलकुदको सन्तुलन कायम राख्नको लागि लड्नु कठिनभन्दा कम थिएन ।’
कायरोकी हाफिज लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । हाफिजले प्रतिस्पर्धा गर्दै अन्तिम १६ मा पुग्दा एकदमै गर्व लागेको बताएकी छन् । उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५-१३ ले पराजित गरेकी थिइन् । तर अर्को खेलम दक्षिण कोरियाकी जिओन ह्योङसँग १५-७ ले पराजित भइन् । हाफिजले यस पटकको ओलम्पिक फरक रहेको बताएकी छन् । ‘३ पटकको ओलम्पियन । तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर केही फरक थियो’, लेखेकी छन् ।
nada_hafez’
7 MONTHS PREGNANT OLYMPIAN !
What appears to you as two players on the podium, they were actually three! It was me, my competitor, & my yet-to-come to our world, little baby!
My baby & I had our fair share of challenges, be it both physical & emotional. The rollercoaster of pregnancy is tough on its own, but having to fight to keep the balance of life & sports was nothing short of strenuous, however worth it.
I’m writing this post to say that pride fills my being for securing my place in the round of 16!
I’m lucky to have shared the trust of my husband @ibrahimihab11 and that of my family to be able to come this far.
This specific Olympics was different; Three times Olympian but this time carrying a little Olympian one! ❤️
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ