आइतवार, फाल्गुन ४, २०८१

प्रचण्ड भन्दा देवेन्द्र के कम : छोरीको बिहेमा अमेरिकामा छमछम !


कान्तिपथ


सत्ताच्युत भएपछि शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

चार दिनदेखि जारी बैठकमा सचिव देवेन्द्र पौडेल अनुपस्थित छन् । उनी प्रचण्डलाई विश्वासको मत दिन पनि उपस्थित भएनन् ।

पौडेलकै गृह जिल्ला बाग्लुङ्गका एक माओवादी नेताका अनुसार देवेन्द्र पौडेल अहिले अमेरिका गएका छन् । पौडेल दम्पति नै अहिले अमेरिकामा छन् । उक्त स्रोतका अनुसार उनी छोरीको विवाहमा सहभागी हुन अमेरिका गएका हुन् । पौडेलको बिभु कोइरालासंग विवाह भएको बताईन्छ ।

उक्त स्रोतका अनुसार पौडेलकी छोरी गरिमा पौडेलले मेरिल्यान्डको बोवे स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । छोरीको दीक्षान्त समारोहमा सहभागी हुन पनि नेता पौडेल र उनकी श्रीमती बलावती शर्मा केहि समय अगाडी अमेरिका पुगेका थिए। केहि समय पहिले आफ्नी नातिनीको विवाह गोकर्ण फरेष्ट रिसोर्टमा गर्दा माओवादी अध्यक्ष प्रचण्डको आलोचना भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत