काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा भएका छन् ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई नायव निरीक्षक (सई) मा बढुवा गरिएको हो ।
साथै उनीहरुको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बताइएको छ ।
साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ