काठमाडौं । अछामको तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बिसिले गाउँ सभा अलपत्र पारेर काठमाडौंंमा रहेको खबर प्राप्त भएको छ ।
असारको १५ गते भित्र गाउँ सभाबाट बजेट पारित गर्नु पर्ने संबैधानिक ब्यबस्थालाई कुल्चदै बजेट पास गर्न छोडेर उनी काठमाडौंमा रमाइ रहेका छन् ।
गाउँपालिकाको श्रोतलाई दोहन गरेर उनी काठमाडौका दोहोरी साँझहरुमा भेटिने गरेको स्रोतको दाबी छ ।
अध्यक्ष बिसिले गाउँ सभामा निति तथा कार्यक्रम पेस गरेर काठमाडौँँ हिडेपछि पालिका अन्योलग्रस्त बनेको छ ।
बजेट पास नभएपछि पालिकाको बजेट शून्य भएको छ । पालिकाका विभिन्न आयोजना अलपत्र पर्ने र बिकास निर्माणका काममा बाधा पुगेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ