काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ