शनिबार, माघ ५, २०८१

प्रधानाध्यापकका कारण ८० लाख घोटाला


कान्तिपथ


काठमाडाैं । इटहरी उपमहानगरपालिकाको लापरबाही र विद्यालयका प्रधानाध्यापकका कारण ८० लाख रकम घोटाला भएको छ ।

इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूको चरम लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण डेढ वर्षदेखि ८० लाख रुपैयाँ घोटाला भएको हो ।

आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको श्री शान्ति सिर्जनमा माध्यमिक विद्यालयलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो ।
विद्यालयलाई ७ लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी दिएको हो ।

२०७९ सालको श्रावण, भाद्र असोज (चाडपर्व खर्चसमेतको) तलवभत्ता वापत उपमहानगरले सात लाख ३६ हजार ६६३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने भएपनि ८० लाख ८७ हजार ५८० रुपैयाँ रकम बढी दिएको हो ।

जसमध्ये बालविकास केन्द्रलाई ६० हजार र कार्यालय सहयोगीलाई २७ हजार ६ सय गरी ८७ हजार ६ सय रकम भुक्तानी गरेको छ । त्यसबाहेक बाँकी रहेको ८० लाख रुपैयाँ भने श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले ‘घोटाला’ गरेका छन् ।

स्रोतका अनुसार संघीय सरकारको बजेटबाट उक्त रकम विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा जम्मा भएको थियो ।

संघीय सरकारको तलव बुझ्ने ७ जना शिक्षकका लागि ३ महिनाको कूल ७ लाख ३६ हजार ६६३ रकम उपलब्ध गराउनुपर्ने भएपनि इटहरी उपमहानगरले भने ८० लाख बढी रकम उपलब्ध गराएपनि हालसम्म उपमहानगरलाई बढी रकम आएको प्रधानाध्यापक तिम्सिनाले जानकारी गराएनन् ।

इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो ।

जसमध्ये शान्ति सिर्जना माध्यमिक विद्यालयको कोड नं. ०६०२७०००५ को माथि उल्लेख खाता नम्बरमा ८० लाख ८७ हजार ५८० रुपैयाँ रकम जम्मा भएपछि तलव बाहेकको अरु रकम भने घोटाला’भएको पाइएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत