काठमाडौँ । सञ्चालन भइरहेका दुई क्यासिनो बन्द भएका छन् ।
काठमाडौँको होटल साङ्ग्रिला र भैरहवाको रुपन्देही स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालन हुँदै आएका क्यासिनो बन्द भएका हुन् ।
एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रालिले एक सूचना जारी गर्दै उक्त दुवै क्यासिनोको इजाजतपत्र नवीकरण नगर्ने निर्णय भएकोले गत साउन एक गतेदेखि नै बन्द भएको जानकारी दिएको हो ।
उक्त क्यासिनोसँग कुनै श्रमिकले भुक्तानी रकम लिन बाँकी भए अविलम्ब कार्यालयमा सम्पर्क राखी युनियनसँगको सो सम्झौता बमोजिमको रकम भुक्तानी लिन समेत एसएचएल म्यानेजमेन्टले आग्रह समेत गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ