सोमवार, माघ २८, २०८१

१ करोड १९ लाख रुपैयाँ हिनामिना गरेर प्रभु बैंकका कर्मचारी टाप


कान्तिपथ


काठमाडाैं । झापाका अग्रज पत्रकार तथा सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता टिकाराम नेपालकी श्रीमती मञ्जु नेपालको नाममा जम्मा गरेको १ करोड १९ लाख रुपैयाँ हिनामिना गरेर प्रभु बैंक बिर्तामोड शाखाका कर्मचारी प्रमोद सिटौला फरार भएका छन्।

पत्रकार नेपाल श्रीमती मञ्जुका साथ आफ्ना छोराहरूलाई भेट्न अमेरिका गएका थिए।

अमेरिका जान अघि आफ्नो श्रीमतीको नाममा जम्मा भएको पैसाको निस्सा माग्दा सिटौलाले बहानाबाजी गरेको पत्रकार नेपालले बुधबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए।

अन्ततः सिटौलाले १ करोड १९ लाख रुपैयाँ जम्मा भएको लिखित निस्सा उपलब्ध गराएका थिए।

उक्त रकममध्ये १ करोड १० लाख रुपैयाँ फिक्स्ड डिपोजिट गराएर त्यस्को पनि प्रमाण लिएर नेपाल अमेरिका गएका थिए।

छ महिनाको फिक्स्ड डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख रुपैयाँ मात्र छ भनेर बैंकले जवाफ दियाे ।

सिटौलाले फेसबुक एकाउन्ड डिएक्टिभेट छ भने मोबाइल फोन अफ रहेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली आएर झोला खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा रहेका चेकहरू, डेविट/क्रेडिट कार्डहरू, बैंक भौचरहरू फेला परेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत