सोमवार, माघ २८, २०८१

चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो


कान्तिपथ


काठमाडौं । भुवन केसीको कार्यकाल सकिएसँगै चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो।

सूचना अनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत