सोमवार, माघ ७, २०८१

दलित अधिकारका लागि थप एकीकृत संघर्ष आवश्यक : अध्यक्ष दाहाल


कान्तिपथ


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा संघर्ष गर्नुपर्ने बताएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रियसभाबाट पारित दलित अधिकारसम्बन्धी संकल्प प्रस्ताव सम्बन्धमा आयोजित छलफलमा बिहीबार अध्यक्ष दाहालले संविधानको धारा २४ र ४० मा उल्लेख भएका दलितसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

संविधानको धारा ४०, छुवाछूत तथा भेद्भाव विरुद्धको हकको (१) मा ‘कुनैपनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, ससुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेद्भाव गरिने छैन’ भनिएको छ ।

राष्ट्रियसभा सदस्य भुवन सुनारले संविधानको प्रस्तावनामै समानुपातिक समावेशीता व्यवस्था गरिएको सन्दर्भमा राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता सुनिश्चित गर्न माग गरे ।

संविधानमा मन्त्रिपरिषद्‌मा समावेशी सिद्धान्त बमोजिम मन्त्री रहने उल्लेख रहेको र धारा ४२ (१) मा सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यक निकायमा सहभागिताको हक हुने व्यवस्था रहेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सदस्य सुनारको भनाइ छ ।

अर्का राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले दलित समुदायले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि भएका ऐन-कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत