शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • मन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री थपेर समावेशी बनाउने प्रयास

मन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री थपेर समावेशी बनाउने प्रयास


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्‌मा कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामा तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीसहित तीन राज्यमन्त्री थपिएका छन् । सत्तारुढ घटक कांग्रेस र एमालेले मन्त्रिपरिषद्लाई समावेशी र अन्य दललाई पनि समेट्नका लागि राज्यमन्त्री थप्नेका हुन् ।

अब मन्त्रिपरिषद्‌मा ५ दलको सहभागिता भएको छ । यसअघि मन्त्रिपरिषद्‌मा कांग्रेस, एमाले, जसपा र लोसपा सहभागी थिए अब नागरिक उन्मुक्ति पनि थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । अब मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ ।

मन्त्रिपरिषदमा दलितलाई समावेश नगरिएको भन्दै आलोचना भएपछि अहिले राज्यमन्त्री थपेर समावेशी बनाउन खोजिएको छ । बिकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन् । रञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए । अरूण चौधरी रेशम चौधरी पक्षका हुन् । उनी कैलाली(२ बाट निर्वाचित हुन् । कपिलवस्तुकी बिक कांग्रेसकी समानुपातिक सांसद हुन् । तामाङ रामेछापबाट निर्वाचित सांसद हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत