शनिबार, साउन ३, २०८२

‘सतीदेवी’ सार्वजनिक


कान्तिपथ


काठमाडौं। आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ।

यो फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्र राखिएको छ।

निर्देशक लक्ष्मण सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत