आइतवार, भदौ २३, २०८१

बारीमा लटरम्म स्याउ, बजारसम्म लैजान छैन सडक


कान्तिपथ


बाजुरा । स्याउ खेतीको प्रवल सम्भावना भएको जिल्ला हो बाजुरा । यति वेला जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ पाण्डुसैनमा रहेको साहारा स्याउ फर्ममा लटरम्म स्याउ पाकेका छन्। तर, यातायातको व्यवस्था नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् । फलेका स्याउ बजारसम्म पुर्‍याउन नसक्दा झरेर कुहिन झर्न थालेका छन् ।

बुढीनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीमा करिब ३ हेक्टर जमिनमा ३० हजारभन्दा बढी बाेट स्याउ लगाइएकाे छ।

तीमध्ये २० देखि २५ हजार बोटमा स्याउ फल्न थालेका छन् ।

उत्पादन गरेको स्याउ बिक्रीका लागि स्थानीय बजार कोल्टी, मार्तडी पिलुचौरलगाएतका विभिन्न स्थानमा लैजाने गरिएकाे छ।तर, यति वेला भने स्थानीय बजारसम्म पुर्‍याउनको लागि सडकको व्यवस्था नहुँदा समस्या भएकाे छ।

मार्तडी कोल्टी राजमार्ग असारको पहिलो सातादेखि अविरल वर्षाका कारण अवरुद्ध छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत