शुक्रबार, भदौ २८, २०८१

डोनाल्ड ट्रम्पले स्वीकारे कमलासँग बहसको प्रस्ताव


कान्तिपथ


काठमाडाैं । उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् ।

यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय थियो ।

बाइडेन चुनाव दौडबाट बाहिरिएपछि ह्यारिस उनको ठाउँमा बहसमा भाग लिन राजी भएकी थिइन्। तर, बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको बताएका थिए ।

यता, कमला ह्यारिसले फक्स न्युजमा हुने बहसको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन्। यदि फक्स न्युजमा यो बहस भयो भने यो अमेरिकी राष्ट्रपति चुनावको दोस्रो सार्वजनिक बहस हुनेछ भने ह्यारिस र ट्रम्पबिचको पहिलो । फक्स न्युजको यो बहस पेन्सिलभेनियामा हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत