शुक्रबार, भदौ २८, २०८१

नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ : बस्नेत


कान्तिपथ


नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।

आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।

एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए ।

उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत