काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा (एमाले) को समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
केन्द्रमा एमाले-कांग्रेसकाे समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
१७ असारमा काग्रेंस र एमालेको गठबन्धन बनेपछि दीर्घबहादुर सोडारी मन्त्रिपरिषदबाट बाहिरिएका थिए। अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ