काठमाडौँ । राजश्व अनुसन्धान विभागले पोखराको एक ज्वेलर्सले ८ करोड रुपैयाँभन्दा बढीको तस्करीको सुन बिक्री गरेको दाबीसहित मुद्दा दायर गरेको छ।
पोखरा उच्च अदालतमा विभागले साउन १३ गते यो मुद्दा दायर गरेको हो ।
भारतको पश्चिम बगाल मेदिनीपुरका सुरजित भौमकले सञ्चालन गर्दै आएको जय भैरव ज्वेलर्समा तस्करीको सुन प्रयोग भएको अनुसन्धानबाट देखिएपछि राजश्व चुहावटको मुद्दा दायर गरिएको जनाएकाे छ ।
भौमिकलाई २०८० फागुन १ गते ७ किलो सुनसहित जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेको थियो ।
पक्राउ परेपछि अनुसन्धान गर्दा उनले तस्करीमार्फत नेपालभित्र भित्रेको सुन बिक्री गर्ने गरेको खुलेको विभागको अभियोगपत्रमा उल्लेख छ।
उनको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको थियो ।
विभागले भौमिकसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले उनीहरूसँग ८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरेको छ।
मुद्दा दायर हुनेमा सुरेन्द्र विश्वकर्मा, जनकलाल लोहनी, अर्जुन सुनार र अर्जुनबहादुर कामी रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ